सेनाको रेन्जर गण रहेको स्थानबाट सचिव नेतृत्वको कार्यालय संचालन हुंदै


काठमाडौं – विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसविरुद्ध लड्न सरकारले स्थापना गरेको कोरोना क्राइसिस म्यानेजमेन्ट सेन्टर(सिसिएमसी)का सबै काम नेपाली सेनाको छाउनीस्थित ब्यारेकबाट सञ्चालन भइरहेको छ । ।

गत १६ चैत्रमा बसेको मन्त्रिपरिषद बैठकले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा सिसिएमसी स्थापना गर्ने निर्णय गरेको थियो । सेनाको महावीरण रेन्जर गणबाट सवै कामहरु संचालन हुने भएका हुन् । प्रधानमन्त्री कार्यालयका सचिव नेतृत्वमा उच्चस्तरिय निर्देशक समितको मातहत रहनेगरी कोभिड क्राइसेस सेन्टर (सिसिएमसी ओपिएस) कार्यालय सेनाको ब्यारेकभित्र रहेको छ । उक्त टिममा सेनाको प्रवन्धरथीका साथै स्वास्थ्य मन्त्रालयका १२ औ तहका प्रतिनिधिहरुको समन्वयकारी भुमिका रहने व्यवस्था गरिएको छ ।

सिसिएमसीमा रक्षामन्त्री पोखरेल, गृहमन्त्री रामबहादुर थापा बादल, अर्थमन्त्री एवं सरकारका प्रवक्ता डा. युवराज खतिवडा, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री र सुरक्षा निकायका प्रमुख रहने व्यवस्था छ ।

सिसिएमसीमा रहेका निजामती कर्मचारी, सुरक्षा निकाय र सबै सरोकारवालाहरुलाई कोरोनाविरुद्धको कार्यमा परिचालित गरिने जनाइएको छ ।सिसिएमसीमा कोरोना संक्रमितहरुको ट्रयाकिङ, ट्रेसिङ र टेस्टिङ गर्ने, आइसोलेसन र उपचारलगायतका काम हुनेछन् ।

सिसिएमसीका संयोजक समेत रहेका मन्त्री पोखरेल नेतृत्वको विभिन्न मन्त्रीहरुसहितको टोलीले गत १८ गते छाउनी पुगेर ससिएमसी– ओपिएसको कार्यालय समेत निरीक्षण गरिसकेको छ ।

हालसम्म सिसिएमसी– ओपिएसको कार्यालय स्थापना, प्रारम्भिक सूचना प्रणालीको विकास र अत्यावश्यक जनशक्तिको व्यवस्थापन समेत भइसकेको छ । निजामती प्रशासनका सचिव नेतृत्वको कार्यालय सैनिक ब्यारेकभित्र संचालन हुनुलाई कतिपयले अनौठो मानेका छन् । रेन्जरभित्रको उक्त अपरेशन सेन्टर अमेरिकी सरकारको सहयोगमा बनेको हो ।

 

प्रतिक्रिया दिनुहोस
Advertisement