सैनिक कल्याणकारी कोषको लगानीमा सञ्चालित विभिन्न निकायमा भर्ना खुल्यो (सूचनासहित)


काठमाण्डु –  नेपाली सेनाले आफू मातहतका विभिन्न निकायहरुमा रिक्त रहेका पदहरुमा पदपूर्तिका लागि आवेदन माग गरेको छ ।

आइतबार एक सूचना जारी गर्दै सैनिक कल्याणकारी योजना निर्देशनालयले इच्छुक र योग्यता पुगेका उम्मेदवारले १५ दिनभित्र महानिर्देशनालय, जंगी अड्डा र सम्बन्धित महाविद्यालय तथा विद्यालयका साथै सैनिक अस्पतालहरुमा आवेदन दिन सक्ने जनाएको छ ।

जस अनुसार विभिन्न सैनिक अस्पताल, नेपाली सेना स्वास्थ्य विज्ञान प्रतिष्ठान, स्वास्थ्य व्यवस्थापन महाशाखा, इपिसेन्टर कार्यालय, सैनिक आवासीय महाविद्यालय लगायतमा कर्मचारी माग गरिएको छ । सेनाले कल्याणकारी कोष अन्तर्गत अस्पताल, विद्यालय, पेट्रोलपम्प लगायत सञ्चालन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement