श्रीमती बीना नरवणे र नेपाली सैनिक श्रीमती संघकी अध्यक्ष शर्माबीच भेट


काठमाण्डु – नेपाली सेना सैनिक श्रीमति संघकी अध्यक्ष सुनीता शर्माले भारतीय सेनाको कल्याणकारी संघकी अध्यक्ष बीना नरवणेसँग भेटवार्ता गरेकी छन् । प्रधानसेनापति प्रभुराम शर्माको औपचारिक भारत भ्रमण दलमा रहेकी शर्माले मंगलबार सैनिक भवनमा पुगेर नरवणेसँग भेटवार्ता गरेकी हुन् ।

उक्त अवसरमा उनले संघद्वारा संचालित विविध कल्याणकारी कार्यक्रम तथा गतिविधिहरुका बारेमा जानकारी लिनुको साथै संघका अन्य पदाधिकारीहरुसँग अन्तरक्रिया समेत गरेकी थिइन् । यसका अलावा भारत भ्रमणको दौरान श्रीमती शर्माले विभिन्न धार्मिक तथा पर्यटकीय स्थलहरूको अवलोकन गर्ने कार्यक्रम रहेको नेपाली सेनाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement