पत्रकार अर्णव गोस्वामी पक्राउ


एजेन्सी – भारतीय पत्रकार अर्णव गोस्वामी पक्राउ परेका छन् । मुम्बई प्रहरीले रिपब्लिक टिभीका सम्पादक गोस्वामीलाई घरबाटै पक्राउ गरेको हो ।

सन् २०१८ मा इन्टेरियर डिजाइनर अन्वय नायक र उनकी आमा कुमुद नायकको मृत्युको विषयमा छानबिन गर्न पक्राउ गरिएको भारतीय प्रहरीले जनाएको छ ।

रिपब्लिक टिभी च्यानलका केही स्क्रीनशटहरू सोशल मिडियामा भाइरल भइरहेका छन् । केन्द्र सरकारका मन्त्री प्रकाश जावडेकरले गोस्वामी पक्राउ परेको विषयमा आपत्ति जनाएका छन् ।

उनले ट्वीट गरेका छन्, ‘मुम्बईमा प्रेस पत्रकारितामाथिको हमला निन्दनीय छ । यो आपतकाल जस्तो महाराष्ट्र सरकारको कार्य हो । हामी यसको निन्दा गर्दछौं ।’

अभिनेत्री कंगना रनौतले गोस्वामीको कारबाहीमा प्रतिक्रिया जनाएकी छन् । उनले अर्णवीले आफ्नो कार्यको मूल्य चुकाउनुपर्ने बताएकी छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement