कर्णाली एग्रिकल्चर एनजिओले जागीरको नाममा साढे ५ लाख ठगी


उत्तम कुमार थापा ,बझाङ्-  जिल्लाको जयपृथ्वी नगरपालिकामा अवस्थित  कर्णाली एग्रिकल्चरको शाखा स्थापना गरी जागीरको नामा लाखौ रुपैयां ठगी गरेको पाइएको छ ।

कर्णाली एग्रिकल्चर डेभलपमेन्ट नामक सँस्था नामको कार्यालय स्थापना गरी कर्मचारीको मागगर्दै १० जना कर्मचारीको माग गरेको थियो ।
बढदो बेरोजगारको कारण संस्थामा आवेदन दिनेको सख्या २ सय पुग्न गयो । दुई सय आवेदनमा ८० जनाजति सटलिस्टमा निकालियो तर सुचनामा दश जनामात्र चाहिने भनेर आवेदन खुलाइएको थियो ।

 सटलिस्ट निकालि सकेपछि दस जना भनेको अवस्थामा आवेदनबाट पैसा खाइ १९ जना कर्मचारी राखियो । जसका कारण अन्य आवेदन दिएका ब्यक्तिहरुले कुरा उठाइ विवाद चुलिएको छ । त्यसैगरी जिल्लाका १२ वटा स्थानीय तहमा गएर मनोमानि पैंसा उठाउने काम गरेको भन्दै स्थानियले जिल्ला प्रशासन कर्यालयमा उजुरी पश्चताप जिल्ला समन्वय समिति प्रमुख खडक बहादुर खड्काले बुझ्न खोज्दा संस्थाले कुनै प्रतिक्रिया नदिएको बताए ।

एक जना आफ्नो सदस्यीय बने बाफत ३०० लिने गर्दै अगाडि बढेपछि समन्वय समिति प्रमुख खड्काले भने संस्थाले जिल्ला समन्वय समिति बझाङ बाट कुनै पनि अनुमति वा सिफारिस नलिएर काम गरेकोले यसको काम गराइप्रति शंका गरेको बताए ।तर एक महिना अघि समन्वयकै उपप्रमुख र जयपृथ्वी नगरपालिका प्रमुख बिरेन्द बहादुर खड्काले गत जेठमा संस्थाको प्रमुख अतिथी आशन ग्रहण गरी संस्था उद्घाटन गरेका थिए ।

मुख्य कार्यालय सुर्खेतमा भएको भन्ने संस्थाका सचिव पदमा कर्ण विक जिल्लामा आएर संस्था स्थापना गरेका थिए । कार्यक्रम उदघाटन पछि अब जिल्लाका प्रत्येक स्थानीय तहहरुमा लागू गर्ने भन्ने सँस्थाको नियममा उल्लेख गरिएको छ ।

संस्थाले गाउघरमा गएर अहिले सम्म १९ सय जना सदस्यीय बनाएको छ । सदस्यको आईकाड बाफत अहिले ५ लाख ७० हजार रुपैया संकलन गरेको छ । एक ब्यक्ति बरावर ६० हजार असुल गरेको पनि आरोप पाइएको छ भने सदस्य बनेका लाईपनि ७/७ वटा दरले बिरुवा वितरण गरेता पनि कसै कसैलाई अझैसम्म नदिएको सदस्य रहेका कृषकको भनाई छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement