वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने ३ जना पक्राउ

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने ३ जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै लाखौं रकम ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काठमाण्डु महानगरपालिका–३२ बस्ने दोलखा घर भएका २४ वर्षीय आङ मिङमार शेर्पा, काठमाण्डुको गोकर्णेश्वर नगरपालिका–५ बस्ने काभ्रे घर भएकी ४२ वर्षीया सुनिता सिङतान (लामा) र काठमाण्डु महानगरपालिका–४ बस्ने सिन्धुली घर भएकी ३३ वर्षीया बाल कुमारी माझी रहेका छन् ।

पक्राउ परेकामध्ये आङ मिङमारले लक्जम्बर्ग पठाइदिन्छु भन्दै १ जना पीडितबाट १९ लाख रूपैयाँ, सुनिताले यूके पठाइदिन्छु भन्दै १ जना पीडितबाट १६ लाख ७६ हजार रूपैयाँ र बाल कुमारीले अजरबैजान पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट १० लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले आङ मिङमारलाई काठमाण्डु महानगरपालिका–२ बाट, सुनितालाई काठमाण्डु महानगरपालिका–२८ बाट र बाल कुमारीलाई काठमाण्डु महानगरपालिका–४ बाट पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाण्डु पठाइएको छ ।