अवैध लागूऔषधसहित ५ जना पक्राउ

अवैध लागूऔषधसहित ५ जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रहरीले कैलाली र चितवनबाट अवैध लागूऔषधसहित ५ जनालाई पक्राउ गरेको छ ।

कैलालीको बर्दगोरिया गाउँपालिका–१ बौनिया बजारबाट अवैध लागूऔषध खैरो हेरोइन १५० मिलिग्रामसहित बर्दगोरिया गाउँपालिका–१ बस्ने २५ वर्षीय सागर कलेललाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय सडकपुरबाट खटिएको प्रहरी टोलीले उनलाई लागूपदार्थसहित पक्राउ गरेको छ ।

चितवनको भरतपुर महानगरपालिका–१६ झनझनेबाट अवैध लागूऔषध खैरो हेरोइन २ ग्राम २७० मिलिग्राम र नगद २० हजार ८६५ रूपैयाँसहित नवलपरासी पूर्वको गैंडाकोट नगरपालिका–१० बस्ने २८ वर्षीय सुनिल भुसाल समेत ४ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

अस्थायी प्रहरी पोष्ट शरणपुरबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई लागूपदार्थसहित पक्राउ गरेको छ ।

लागूपदार्थ सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।