वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ

वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – आकर्षक सेवा सुविधाको प्रलोभन देखाइ ग्रीस र जापान पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।

नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी ठगी गरेको अभियोगमा २ जनालाई काठमाण्डुबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा काठमाण्डु महानगरपालिका–३ बस्ने लक्ष्मी थापा कार्की र बुढानिलकण्ठ–८ बस्ने प्रिया बानियाँ रहेका छन् । पक्राउमध्ये लक्ष्मीले ग्रीस पठाइदिन्छु भन्दै १ जनासँग ११ लाख ५० हजार लिएको पाइएको छ ।

प्रियाले जापान पठाइदिन्छु भन्दै १ पीडितबाट २ लाख रुपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालयले खोजतलास गरेको थियो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाण्डु पठाइएको प्रहरीले जनाएको छ ।