करिब ३२० किलो गाँजासहित १ जना पक्राउ

करिब ३२० किलो गाँजासहित १ जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सर्लाहीको बलरा नगरपालिका–७ डुमरियास्थित कुखुरा फार्मबाट लागुऔषधसहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

करिब ३२० किलो अवैध लागूऔषध गाँजासहित सोही ठाउँ बस्ने २८ वर्षीय अमरजित राउतलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी मधुवनीगाउँबाट खटिएको टोलीले शंका लागेर कुखुरा फार्ममा अवैध लागूऔषध भए/नभएको तलासी गर्ने क्रममा १९ वटा पोकामा रहेको परिमाणको गाँजा फेला पारी अमरजितलाई पक्राउ गरेको हो ।

प्रहरीले बाप्र०१–०२६ च २८८६ नम्बरको गाडी, बीआर ०६ बीवाई १७६१ नम्बर र लु४७प २५२८ नम्बरको मोटरसाइकलसमेत बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।