सेनामा भर्ना गराइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

सेनामा भर्ना गराइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनगढी – नेपाली सेनामा भर्ना गराइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा कञ्चनपुरको बेलौरी नगरपालिका–८ बस्ने ३५ वर्षीय हरिश चन्दलाई प्रहरीले पक्राउ गरेको छ ।

हरिशले नेपाली सेनामा भर्ती गराइदिन्छु भन्दै पीडितबाट २ लाख ४० हजार रूपैयाँ असुली गरी ठगी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय चिसापानीबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।

उनीउपर जिल्ला अदालत कैलालीबाट म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।