वैदेशिक रोजगारीमा विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ

वैदेशिक रोजगारीमा विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काठमाण्डु महानगरपालिका–२८ बस्ने रौतहट घर भएका ४६ वर्षीय एमडी खुर्सिद आलम नेपाली, ललितपुरको गोदावरी नगरपालिका–२ बस्ने नवलपरासी पश्चिम घर भएका ३३ वर्षीय भुप नारायण चौधरी, ललितपुरको महालक्ष्मी नगरपालिका–८ बस्ने सिराहा घर भएका ३४ वर्षीय बसन्त कुमार सिंह र काठमाण्डुको बुढानिलकण्ठ नगरपालिका–९ बस्ने संखुवासभा घर भएका ४२ वर्षीय रस्तमान राई रहेका छन् ।

पक्राउमध्ये एमडीले ग्रीस पठाइदिन्छु भन्दै १ जना पीडितबाट ८ लाख रूपैयाँ, भुप नारायणले जर्मनी पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट ३२ लाख रूपैयाँ, बसन्तले यूएई पठाइदिन्छु भन्दै ११ जना पीडितहरूबाट २१ लाख रूपैयाँ र रस्तमानले बेलायत पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले एमडीलाई काठमाण्डु महानगरपालिका–२८ बाट र भुप नारायणलाई काठमाण्डु महानगरपालिका–२ बाट तथा बसन्तलाई ललितपुर महालक्ष्मी नगरपालिका–५ बाट र रस्तमानलाई ललितपुर महानगरपालिका–८ बाट पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाण्डु पठाइएको छ ।