काठमाण्डु – चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट स्रोत नखुलेको नगद ५९ लाख ९३ हजार ५०० रूपैयाँ नगदसहित चिनियाँ नागरिक गुंग याग समेत २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरी टोलीले सप्तरीबाट काठमाण्डुतर्फ आउँदै गरेको ज१च १६६४ नम्बरको स्कारपियोलाई जाँच गर्दा नगद फेला पारी स्कारपियोमा सवार आरोपीहरूलाई पक्राउ गरेको हो ।
बरामद नगद सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया