विदेशी मुद्रासहित नेपाल वायुसेवा निगमका २ जना कर्मचारीहरू पक्राउ

विदेशी मुद्रासहित नेपाल वायुसेवा निगमका २ जना कर्मचारीहरू पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय प्रस्थान ह्याण्ड व्यागेज चेकिङ एरियाबाट विदेशी मुद्रासहित नेपाल वायुसेवा निगमका २ जना कर्मचारीहरूलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काठमाण्डु महानगरपालिका–२६ गेंगबु बस्ने ५४ वर्षीया जननी बज्राचार्य र गोरखाको गोरखा नगरपालिका–३ बस्ने ३५ वर्षीया ममता पाण्डे रहेका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयबाट खटिएको प्रहरी टोलीले नेपाल एयरलाइन्सको उडानद्वारा काठमाण्डुबाट क्वालालम्पुर जान लागेका उनीहरूलाई जाँच गर्ने क्रममा जननीको साथबाट अमेरिकी डलर ४ हजार ३०० र मेलिसियन रिङ्गिट १२ हजार ३७२ तथा ममताको साथबाट अमेरिकी डलर ४ हजार २०० र मेलिसियन रिङ्गिट १२ हजार ३२८ फेला पारी दुवै जनालाई पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्यक अनुसन्धान एवम् कानुनी कारबाहीको लागि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग पुल्चोक ललितपुर पठाइएको छ ।