जुवातास खेलिरहेको अवस्थामा ५ जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा ५ जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रोल्पा – प्रहरीले रोल्पाको त्रिवेणी गाउँपालिका–२ त्रिवेणीबाट जुवातास खेलिरहेको अवस्थामा ५ जनालाई पक्राउ गरेको छ ।

स्थानीय ३१ वर्षीय वीरबहादुर पौडेलको घरमा जुवातास खेलिरहेको अवस्थामा बिरबहादुर समेत ५ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

ईलाका प्रहरी कार्यालय होलेरीबाट खटिएको प्रहरी टोलीले नगद १ लाख ३८ हजार २५० रूपैयाँ र ८ बुक ताससहित पक्राउ गरेको छ ।

जुवातास सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।