धनुषामा पेस्तोलसहित २ जना पक्राउ


धनुषा – धनुषा प्रहरीले स्वचालित पेस्तोल सहित २ जनालाई मंगलबार पक्राउ गरेको छ।

पक्राउ पर्नेमा धनुषाको जनकनन्दनी गाउँपालिका वडा नम्बर ५ बस्ने २६ वर्षीय दिपेश महतो र सोही गाउँका १९ वर्षीय शुभकेश महतो रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement