नेपालगञ्ज विमानस्थलबाट २६ लाख नगदसहित सरकारी कर्मचारी पक्राउ


काठमाण्डु- नेपालगञ्जस्थित विमानस्थलबाट २६ लाख नगदसहित सरकारी अधिकृत पक्राउ परेका छन् ।

आज बिहान विमानस्थलबाट २६ लाख नगदसहित आन्तरिक राजस्व कार्यालय तुलसीपुर दाङमा कार्यरत अधिकृत खगेन्द्र सापकोटालाई प्रहरीले पक्राउ गरेको हो ।

विमानस्थलमा सुरक्षा जाँचका क्रममा सापकोटाको झोलामा ठूलो मात्रामा नगद फेला परेपछि पक्राउ गरेको जनाइएको छ । सापकोटा बिहान ८ : ४५ बजेको श्री एयरको उडानमार्फत काठमाण्डु आउँदै थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement