दुर्लभ रेडपान्डाको छालासहित एक जना पक्राउ

दुर्लभ रेडपान्डाको छालासहित एक जना पक्राउ


बाँके – प्रहरीले पुच्छरसहितको दुर्लभ रेडपान्डाको छालासहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जुम्ला तातोपानी घर भएका धिरज महत रहेका छन् ।

चैत १८ गते राती ११ बजे जिल्ला प्रहरी कार्यालय बाँके मातहतको वडा प्रहरी कार्यालय नेपालगञ्जका असई वसन्त केसीको कमाण्डमा खटिएको टोलीले महतलाई पक्राउ गरेको हो ।

बाँके नेपालगञ्ज उपमहानगरपालिका–११ सदरलाईनस्थित भगवती ज्याला होटलमा अवैध वन्यजन्तुको कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा होटलको कोठा चेकजाँच गर्ने क्रममा महतको झोलाबाट पुच्छरसहितको रेडपान्डाको छाला भेटिएको उनले बताए ।

बरामद रेडपाण्डाको छालासहित महतलाई आवश्यक कारबाहीको लागि डिभिजन वन कार्यालय बाँके पठाइएको प्रहरलिे जनाएको छ ।