काठमाण्डु- ललितपुरको ढोलाहिटीमा ग्याङ फाइट हुँदा दुई जनाको हत्या भएको घटनामा होटल सञ्चालकसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ। मंगलवार प्रहरीले पत्रकार सम्मेलनमार्फत पक्राउ परेका चार जनालाई सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेमा खोटाङ साकेला गाउँपालिका वडा नम्बर २ सेखुवा घर भई हाल ललितपुर महानगर २६ जैनखेल बस्ने होटल डिप्रस्पाइनका सञ्चालक ३१ वर्षीय विजय राई र खोटाङ साकेला गाउँपालिका २ रतन्छा घर भई हाल ललितपुर १५ खुमलटार बस्ने होटलकै अर्का सञ्चालक ३० वर्षीय सुलभ राई रहेका छन् ।
घटनामा संलग्न रहेको आरोप लागेका थप एक जना भने फरार छन्। ललितपुर प्रहरी प्रमुख शेखर खनालले पक्राउ परेकामध्ये ५ जनालाई कर्तव्य ज्यानमा म्याद थपेर अनुसन्धान गर्ने तयारी भइरहेको बताए। ‘अन्यको हकमा थप अनुसन्धानबाट मात्र के गर्ने भन्ने खुल्ने छ’, एसएसपी खनालले भने।
ललितपुर महानगरपालिका वडा नम्बर २६ ढोलाहिटीमा आइतबार राति ग्याङ फाइट हुँदा पाँचथर घर भई खुमलटार बस्ने पुजन राई र धरान घर भई ढोलाहिटी बस्ने रोवश राईको मृत्यु भएको थियो।
प्रतिक्रिया