यी हुन् बोधिचित्तको रुख काटेको आरोपमा पक्राउ परेका चार जना


काठमाण्डु-  काभ्रेपलाञ्चोकको रोशी गाउँपालिकामा बहुमूल्य बोधिचित्त (बुद्धचित्त) को रुख काटेको आरोपमा चार जना पक्राउ परेका छन् ।

गत बिहीवार राति रोशी गाउँपालिका-५ नागबेलीस्थित बोधिचित्तको रुख खाटेको आरोपमा प्रहरीलाई चार जनालाई पक्राउ गरेको हो ।जसअनुसार श्यामकृष्ण मैनाली, प्रभात तामाङ, दुर्गालाल तामाङ र मानबहादुर तामाङ पक्राउ परेका छन् ।

उक्त समूहले गत बिहीबार राति विस्फोटक पदार्थसहित नागबेलीस्थित ठाकुरानी तामाङको बगैँचामा रहेको बहुमूल्य बोधिचित्तको एउटा रुख काटेको थियो । सो रुखमा फल्ने बोधिचित्त दाना यस वर्ष तीन करोडमा बिक्री गर्न बैना गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement