मोरङ – नियन्त्रित लागूऔषधसहित प्रहरीले मोरङबाट २ जनालाई पक्राउ गरेको छ ।
पथरी शनिश्चरे नगरपालिका–१ शिखर चोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ९० ट्याब्लेट र डाइसे ६० ट्याब्लेटसहित २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा पथरी शनिश्चरे नगरपालिका–२ बस्ने २३ वर्षीय राहुल गुरूङ र २७ वर्षीय समिर राई रहेका छन् ।
इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई लागूऔषधसहित पक्राउ गरेको छ ।
लागूऔषध सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया