प्रहरीमाथि अभद्र व्यवहार गरेको अभियोगमा दुईजना पक्राउ


कैलाली – बर्दगोरिया गाउँपालिका-१ बौनिया बजारबाट प्रहरीलाई अभद्र व्यवहार गरेको अभियोगमा २ जनालाई बिहीबार बेलुका प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा बर्दगोरिया गाउँपालिका-२ बस्ने ३० वर्षीय को रमित साउद र लम्कीचुवा नगरपालिका-१० बस्ने ३६ वर्षीय दुर्योधन सुनार रहेका छन् ।

उक्त स्थानमा मादक पदार्थ सेवन गरी हो-हल्ला गरिरहेको अवस्थामा फेला पारी ईलाका प्रहरी कार्यालय सडकपुरमा ल्याई सम्झाई बुझाई गर्दा उनीहरूले प्रहरीमाथि गाली गलौज तथा हातपात समेत गरी अभद्र व्यवहार गरेपछि उनीहरूलाई पक्राउ गरिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement