बिएण्डसीको सम्बन्धनबारे विरोध गर्ने नागरिक अगुवा बालुवाटारबाट पक्राउ


काठमाण्डु – झापाको बिएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन लागिएको भन्दै नागरिक अगुवाहरुले विरोध जनाएका छन् ।

सरकारी अस्पतालहरुको गुणस्तर सुधार गर्नुको साटो सरकारले निजी मेडिकल कलेजलाई सम्बन्ध दिएको भन्दै वृहत् नागरिक आन्दोलनले र बालुवाटारमा विरोध प्रदर्शन गरेको छ ।

सर्वोच्च अदालतको समेत निर्णय विपरीत सरकारले मेडिकल कलेजलाई सम्बन्धन दिने तयारी गरेको भन्दै नागरिक अगुवाहरुले विरोध गर्दै आएका छन् । प्रदर्शनका क्रममा स्वास्थ्य सेवा हो, व्यापार होइन, जनस्वास्थ्यमा प्रतिगमन भयो जस्ता प्लेकार्डहरु प्रदर्शन गरिएको थियो ।

प्रदर्शनमा उत्रिएका पत्रकार नारायण वाग्ले, सञ्जिव उप्रेतीसहित ८ जनालाई बालुवाटारबाट प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा लगिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement