पाटे बाघको छालाको मूल्य ६० लाख, दशैं मनाउने योजना चौपट !


काठमाण्डु – प्रहरीले पाटे बाघको छालासहित चार जनालाई पक्राउ गरेको छ । आइतबार महानगरीय अपराध महाशाखाको टोलीले स्वयम्भूबाट पाटे बाघको छालासहित चार जनालाई पक्राउ गरेको हो ।

प्रहरीले बाघको छाला ल्याएको भन्ने गोप्य सूचनाको आधारमा स्वयम्भूको होटल प्लाजाको कोठा नं. २०८ बाट पाटे बाघको छाला ६० लाखमा बिक्रि गर्न खोज्ने चार जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा ४३ धादिङका वर्षीय टेक बहादुर तामाङ, २८ वर्षीय सुन थिङ, २७ वर्षीय आशिष तामाङ र मकवानपुरका २४ वर्षीय सानुकान्छा थिङ रहेका छन् ।

टेकबहादुरले धादिङका स्थानीय व्यक्तिबाट ३५ लाखमा किनेर ल्याएका थिए । उक्त पैसा स्थानीय अर्को व्यक्तिले लगानी गरेको महाशाखाले जनाएको छ । उनीहरुले बाघको छालालाई ६० लाखमा बेचेर पैसा आधीआधी बाँड्ने र सोही पैसाले दशैं मनाउने योजना रहेको प्रहरीलाई बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement