विदेश पठाउने भन्दै साढे ४६ लाख ठगी गर्ने तामाङ पक्राउ


काठमाण्डु – प्रहरीले वैदेशिक रोजगारीमा जाने व्यक्तिलाई ठगी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । सिन्धुपाल्चोको बलेफी गाउँपालिका–६ माङ्खाका ३७ वर्षीय तुल बहादुर तामाङलाई प्रहरीको टोलीले पक्राउ गरेको हो ।

उनले वैदेशिक रोजगारीमा पठाउने भन्दै ४६ लाख पचास हजार रुपैयाँ ठगी गरेका थिए । ठगी गरेको आरोपमा उनलाई वैदेशिक रोजगार कसूर मुद्दामा १ वर्ष ६ महिना कैद र एक लाख पचास हजार जरिवाना तोकिएको थियो ।

फरार रहेका तामाङलाई प्रहरीले काठमाण्डुको डिल्लीबजारबाट पक्राउ गरेको हो । उनलाई पक्राउ गरी फैसला कार्यान्वयनका लागि जिल्ला अदालत, काठमाण्डु पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement