नेपालमा लगानी गरेका २० बहुराष्ट्रिय कम्पनीका सञ्चालकहरूसँग छलफल गर्दै अर्थमन्त्री वाग्ले

नेपालमा लगानी गरेका २० बहुराष्ट्रिय कम्पनीका सञ्चालकहरूसँग छलफल गर्दै अर्थमन्त्री वाग्ले

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज नेपालमा लगानी गरेका बहुराष्ट्रिय कम्पनीका सञ्चालकहरूसँग छलफल गर्दै छन् ।

आर्थिक वर्ष ०८३/८४ को बजेट कार्यान्वयनका लागि नेपालमा लगानी गरेका २० ठूला करदाता बहुराष्ट्रिय कम्पनीका सञ्चालकहरूसँग उनले छलफल गर्न लागेका हुन् ।

मन्त्रालयको सुवर्ण हलमा मध्याह्न १२ बजे उक्त छलफल सुरु हुनेछ। छलफलमा उक्त कम्पनीका उच्चपदस्थ विदेशी तथा स्वदेशी साझेदारलाई मन्त्रालयमा आमन्त्रण गरिएको छ।

छलफलमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बहुराष्ट्रिय कम्पनीहरूलाई बजेटले दिएको सुविधा, उनीहरूले भोगिरहेका समस्या र नेपालमा लगानी विस्तार, रोजगारी सिर्जना र प्रतिफल फिर्ता लैजान सरकारले गर्नुपर्ने सहजीकरणका सम्बन्धमा खुलस्त भएर आफ्नो कुरा राख्न र लिखित रूपमा पनि विवरण पेश गर्न आग्रह गर्नेछन् ।

यसअघि अर्थमन्त्री वाग्लेले नेपालमा उत्पादनमूलक उद्योग सञ्चालन गरेर ठूलो मात्रामा रोजगारी सिर्जना गरेका र अर्थतन्त्रमा योगदान गरेका ३३ औद्योगिक क्षेत्रका व्यक्तिहरुसँग छलफल गरिसकेका छन् ।

यस्तै, उनले नेपालका क वर्गका वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत र नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकहरूसँग पनि छलफल गरिसकेका छन् ।