दिल्लीका मुख्यमन्त्री केजरीवाललाई थप ४ दिन हिरासतमा राख्न अनुमति


काठमाण्डु – भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई थप ४ दिन हिरासतमा राख्न अनुमति मिलेको छ ।

मदिरा नीति घोटालामा पक्राउ परेका उनीमाथि प्रवर्तन निर्देशनालय (ईडी) ले अनुसन्धान गरिरहेको छ । उनी १ अप्रिलसम्म ईडीको हिरासतमा रहने भएका छन् ।

ईडीले केजरीवाललाई ७ दिन हिरासतमा राख्न अनुमति मागे पनि अदालतले ४ दिनको अनुमति मात्रै दिएको छ । केजरीवाललाई ईडीले बिहीबार निवासबाट पक्राउ गरेको थियो ।

शराब घोटाला प्रकरणमै यसअघि दिल्ली सरकारका उपमुख्यमन्त्री र मन्त्री समेत थुनामा परिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement