दिल्लीका मुख्यमन्त्रीलाई वैशाख ३ गतेसम्म हिरासतमा राख्न अनुमति


काठमाण्डु – भारतको नयाँ दिल्लीमा ल्याइएको मदिरा सम्बन्धी नीति घोटाला प्रकरणमा पक्राउ परेका भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई अप्रिल १५ अर्थात् वैशाख ३ गतेसम्म हिरासतमा राखिने भएको छ ।

मुख्यमन्त्री केजरीवाललाई दिल्लीको राउज एभेन्यु कोर्टले अप्रिल १५ सम्म न्यायिक हिरासतमा राख्न अनुमति दिएको छ ।

छानबिनका लागि केजरीवाल प्रवर्तन निर्देशनालय (ईडी) को हिरासतमा छन् । मदिरा नीति सम्बन्धी घोटालाबारे सोधपुछ गर्दा केजरीवालले सहयोग नगरेको ईडीको आरोप छ ।

केजरीवालले मोबाइल फोनको पासवर्ड नदिएको ईडीका एसबी राजूले बताएका भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

मदिरा घोटाला प्रकरणमा केजरीवाललाई उनकै निवासबाट गत मार्च २१ मा ईडीले पक्राउ गरेको थियो । घोटाला प्रकरणमा १०० करोड भारुभन्दा बढी भ्रष्टाचार भएको आरोप लगाइएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement