आर्यन खानको विरुद्ध अपराध देखाउने कुनै प्रमाण भेटिएन


एजेन्सी – बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खानको विरुद्धमा कुनै पनि प्रमाण फेला नपरेको बम्बई उच्च अदालतले पुष्टि गरेको छ । शनिवार बम्बई उच्च अदालतले आर्यन खान लगायत अन्य दुईलाई जमानत दिने विस्तृत आदेश जारी गरेको थियो । अदालतले अभियुक्तहरू विरुद्ध अपराध गरेको देखाउने कुनै प्रमाण फेला नपरेको पुष्टि गरेको हो ।

२८ अक्टोबरमा आर्यन खान, उनका साथी अरबाज मर्चेन्ट र मुनमुन धामेचालाई उच्च अदालतले १४ वटा शर्तमा जमानतमा रिहा गरेको थियो । साथै उनीहरुले १–१ लाख धरौटी समेत तिरेका थिए । शर्तअनुसार उनीहरुले प्रत्येक शुक्रबार नार्कोटिक्स कन्ट्रोल ब्युरो (एनसीबी) को कार्यालय उपस्थित हुनुपर्ने नियम छ । अदालतले जारी गरेको फैसलामा आर्यनको ह्वाट्सएप च्याट सार्वजनिक भएको तर आर्यनले अन्य आरोपितहरुसँग मिलेर कुनै अपराध गर्ने योजना बनाएको प्रमाण नभेटिएको उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement