नेपाल एसियन कप फुटबल छनोटको तेस्रो चरणमा प्रवेश, प्लेअफ खेल्न परेन


काठमाण्डु – नेपाल एसियन कप फुटबल छनोटको तेस्रो चरणमा प्रवेश गरेको छ । एसियन फुटबल फेडेरेसन (एएफसी) ले परिमार्जन गर्दै बुधबार सार्वजनिक गरेको नयाँ ढाँचा अनुसार नेपालले तेस्रो चरणमा स्थान बनाएको छ ।

अव नेपालले प्ले अफ खेल्नु नपर्ने भएको छ । एसियन कपको आयोजक चीन र विश्व कपको आयोजक कतारले विश्व कप छनोट तथा एसियन कपमा स्थान बनाएपछि हरेक समूहको चौथो स्थानमा रहने टोली सिधै तेस्रो चरणमा प्रवेश गरेका हुन् ।

पुछारका टोलीले भने तेस्रो चरण पुग्नका लागि प्लेअफ नै खेल्नुपर्नेछ । नेपालसँगै थाइल्याण्ड, सिङ्गापुर, मङ्गोलिया, माल्दिभ्स, हङकङ, श्रीलङ्का, यमन, बङ्गलादेश, म्यानमार र अफगानिस्तानसँग तेस्रो चरणमा पुगेका छन् ।

अब छनोटको पाँचौं स्थानमा रहेको टिमले प्ले अफ खेल्ने छन् । प्ले अफमा चाईनिज ताईपे, इन्डोनेसिया, कम्बोडिया र गुआमले खेल्नेछन् ।

प्ले अफका दुई टोलीले तेस्रो चरणमा स्थान पक्का गर्नेछन् । समूह ’बी’ मा रहेको नेपालले ६ अंक जोडेको थियो । नेपालले दुई पटक चाइनिज ताइपेईलाई हराएर चौथो स्थान सुरक्षित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement