भीषण असिना वर्षाले सयौं गाडी र घरमा क्षति

भीषण असिना वर्षाले सयौं गाडी र घरमा क्षति

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– बुधबार साँझ असिनासहितको भारी वर्षाले पाकिस्तानमा व्यापक क्षति भएको छ ।

भारी वर्षा र असिनापानीले पाकिस्तानको राजधानी इस्लामाबाद र अफगानिस्तानको सीमावर्ती खैबर पख्तुनख्वा प्रान्तका धेरै भागमा विनाश मच्चाएको छ ।

इस्लामाबादमा भएको भीषण असिना वर्षाले सयौं गाडी, घर र अन्य सम्पत्तिमा व्यापक क्षति पुर्याएको छ ।

सडकहरूमा पानी जमेको, गाडीका सिसा फुटेका र सोलार प्यानलहरू नष्ट भएको दृश्य सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

मौसम विभागका अनुसार यो असिना वर्षा मौसमी प्रणालीको कारण हो, जसको सूचना पहिले नै दिइएको थियो । नागरिकहरू भने पूर्वसूचनाको प्रभावकारी प्रवाह नभएकोमा गुनासो गरिरहेका छन् ।