अष्टलक्ष्मी चुनाव हारिन्, ओलीपक्षीय नेता पौडेल मुख्यमन्त्री बन्ने निश्चित


काठमाडौं– एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य मुख्यमन्त्री नबन्ने पक्का भएको छ । एमालेमा शुक्रवार भएको ३ नम्बर प्रदेशको संसदीय दलको चुनावमा शाक्य अर्का नेता डोरमणि पौडेलसंग पराजित भएपछि मुख्यमन्त्रीमा उनको बाटो बन्द भएको हो ।

यससंगै ओलीपक्षीय नेता पौडेल तीन नम्बर प्रदेशको मुख्यमन्त्री बन्ने भएका छन । शुक्रवार भएको संसदीय दलको निर्वाचनमा शाक्य र पौडेलले उम्मेदवारी दिएका थिए । मुख्यमन्त्रीमा पुर्वमन्त्री राजेन्द्र पाण्डे र नेता पशुपति चौलागाई समेतले दाबी गरेपनि अन्तिममा दुवै जनाले मनोनयन भने दर्ता गरेनन् ।

शुक्रवार भएको दलको चुनावमा ५८ मत खसेको थियो । जसमा ओली पक्षीय पौडेलले ३४ मत पाए भने पार्टी उपाध्यक्ष समेत रहेकी वरिष्ट नेता माधव नेपाल पक्षीय शाक्यले २४ मत मात्र पाइन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement