आस्ट्राजेनेका खोप प्रदेशमा पठाउन शुरू, सोमवारबाटै ज्येष्ठ नागरिकले दोस्रो मात्रा पाउने


काठमाण्डु- स्वास्थ्य मन्त्रालयका अधिकारीले सोमवारबाट ६५ वर्षभन्दा माथिको उमेर समूहका नागरिकलाई आस्ट्राजेनेका खोप दिन थालिने बताएका छन् । जापान र भुटान सरकारले उपलब्ध गराएको खोप पहिलो मात्रा कोभिशील्ड खोप लगाएका ज्येष्ठ नागरिकलाई दोस्रो मात्रा दिन लागिएको हो ।

जापानले आफ्नो देशमा निर्मित आस्ट्राजेनेका खोपको १६ लाख मात्रामध्ये पहिलो किस्ता नेपाललाई शनिवार हस्तान्तरण गरेको छ । काठमाण्डूस्थित जापानी राजदूत किकुटा युटाकाले उक्त खोप स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई हस्तान्तरण गरेका थिए ।

स्वास्थ्य मन्त्रालयका सचिव डा रोशन पोखरेलले भुटान र जापानबाट प्राप्त आस्ट्राजेनेकाको खोप प्रदेशहरूमा पठाउन थालिएको जानकारी दिएका छन् । उनले भने, ‘आगामी साउन २५ गतेबाट उक्त खोप हामी ६५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई दिन थाल्छौँ। सबै ठाउँमा खोप अभियान सञ्चालन हुनेछ ।’ जापानले बाँकि आठ लाख खोप चाँडै उपलब्ध गराइने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement