२२ वर्षपछि बेल्जियमबाट पहिलो शाही भ्रमण, राजकुमारी एस्त्रिद काठमाडौं अवतरण


काठमाडौं – बेल्जियमकी राजकुमारी एस्त्रिद काठमाडौं आइपुगेकी छन् । बेल्जियमका राजा फिलिपकी बहिनी एक साता लामो भ्रमणका लागि नेपाल आएकी हुन् ।

राजकुमारी अस्त्रिद त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतिलाल दुगडले स्वागत गरेका छन् ।

भ्रमणका क्रममा एस्त्रिदले राष्ट्रपति विद्यादेवी भण्डारीसँग विशेष भेट गर्नेछिन् । त्यस्तै उपप्रधानमन्त्री एवं रक्षामन्त्री इश्वर पोखरेल,परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली,स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

कैलाली, नवलपरासी, चितवन लगायत ठाउँमा उनको भ्रमण तय भएको छ । कैलालीमा नव निर्मित क्षयरोग निवारण केन्द्र उद्घाटन गर्ने्छिन्। त्यहाँका कुष्टरोग एवं क्षयरोग संक्रमितसँग प्रत्यक्ष भेटवार्ता समेत गर्नेछिन् ।

नवलपरासीस्थित क्षयरोग एवं कुष्टरोग उपचार केन्द्र मिडप्वाइन्ट अस्पताल पनि पुग्नेछिन् ।

यी दुई उपचार केन्द्र राजकुमारी एस्त्रिदको अध्यक्षता रहेको गैर सरकारी संस्था डामियनको सहयोगमा सञ्चालित छन् ।

५७ वर्षीया एस्त्रिद पूर्व बेल्जियम राजा अल्बर्ट दोस्रोकी छोरी हुन् । सन् १९९८ पछि बेल्जियमबाट हुन लागेको यो पहिलो शाही भ्रमण हो ।

प्रतिक्रिया दिनुहोस
Advertisement