नागरिकता माग्दै माइतीघर मण्डलामा एक युवकले गरे आत्मदाहको प्रयास


काठमाण्डु – नागरिकता माग गर्दै एक युवकले माइतीघर मण्डलामा आत्मदाहको प्रयास गरेका छन् ।मंगलबार दिउँसाे माइतीघर मण्डलामा एक जना युवकले नागरिकता चाहियो भन्दै आफैंमाथि पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेका हुन् ।

सर्वोच्च अदालतले नागरिकता विधेयक कार्यान्वयनमा रोक लगाएपछि नागरिकताविहीन संघर्ष समितिले माइतीघरमा निरन्तर प्रदर्शन गर्दै आएको छ । उनले आफैंलाई पेट्रोल खन्याएपछि प्रहरीले उनको उद्धार गरेर अहिले  उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement