माग्नेको भेषमा बालिका अपहरण प्रयास, आरोपी पक्राउ

माग्नेको भेषमा बालिका अपहरण प्रयास, आरोपी पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-काठमाण्डुको मनोहरा क्षेत्रमा माग्नेको भेषमा आएका एक व्यक्तिले पाँच वर्षीया बालिकाको अपहरण प्रयास गरेका छन् । आज बिहान भएको उक्त घटनामा स्थानीयको सतर्कताका कारण बालिका सुरक्षित रहेकी प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी परिसर काठमाण्डुका अनुसार अन्दाजी ४० ४२ वर्षका ती व्यक्तिले पैसा माग्दै घरमा प्रवेश गरी खेलिरहेकी बालिकालाई बिस्कुट किनिदिन्छु भन्दै फकाएर अपहरण गर्ने प्रयास गरेका थिए ।

स्थानीयले तत्काल प्रहरीलाई खबर गरेपछि घटनामा संलग्न व्यक्तिलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले जानकारी दिए । पक्राउ परेका व्यक्तिले आफ्नो नाम टीकराम महाराजजी बताएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार प्रारम्भिक सोधपुछमा उनले आफू ललितपुरको एक पाटीमा बस्दै आएको बताएका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

एसपी भट्टराईका अनुसार पक्राउ परेका व्यक्तिको मानसिक अवस्था सामान्य नभएको जस्तो देखिएको छ । प्रहरीले घटनाबारे विस्तृत अनुसन्धान तथा सोधपुछ जारी राखेको छ ।