नेपाललाई करिब साढे ६३ करोडको सहयोग गर्ने अष्ट्रेलियाको घोषणा


काठमाण्डु – अष्ट्रेलियाले कोरोना भाइरसको महामारी नियन्त्रण र उपचारमा नेपाललाई सहयोग गर्ने घोषणा गरेको छ ।

अष्ट्रेलियाली दूतावासले आज विज्ञप्ती जारी गर्दै कोभिड–१९ महामारीविरुद्ध लड्न नेपाललाई ६३ करोड ४८ लाख रुपैयाँ (७ मिलियन अष्ट्रेलियन डलर) सहायता प्रदान गर्ने घोषणा गरेको छ ।

उक्त सहयोग अन्तर्गत प्रदेश सरकारलाई अक्सिजन , भेन्टिलेटर जस्ता अत्यावश्क स्वाथ्स्थ्य सामाग्री समावेश गरिएको छ । यो रकम नेपालका बिभिन्न क्षेत्रहरुमा समुदायस्तरमा हाल सक्रिय बिश्वसनिय साझेदारसंस्थाहरुलाई अमेरीकी, जापानी र बेलायती लगायतका दातृनिकायहरु र संयुक्त राष्ट्र संघीय निकायहरुले गरिरहेका कामहरुसंगको समन्वयमा प्रदान गरिने बताइएको छ ।

यस्तै अष्ट्रेलियाली सरकारले कोभ्याक्सका माध्यमबाट नेपाललाई कोभिड–१९बिरुद्धको सुरक्षित र प्रभावकारी खोप ब्यवस्थापन गर्न सहयोग जारी रहेको विज्ञप्तिमा उल्लेख छ । नेपालका लागि अष्ट्रेलियाका राजदुत फेलिसीटी वोल्कले अष्ट्रेलिया नेपालमा अतिप्रभावित समुदायमा सहयोग पुर्याउने काम गरिरहेको बताइन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement