सिजन मिडियाद्वारा विभिन्न क्षेत्रका ३० जनालाई अवार्ड प्रदान


काठमाण्डु – सिजन मिडियाले आफ्नो १३औं स्थापना र सातौं संविधान दिवसका अवसरमा नेपालका विभिन्न क्षेत्रका हस्तीहरूलाई अवार्ड तथा सम्मान प्रदान गरेको छ । लाजिम्पाटस्थित होटल र्‍याडिसनमा भव्य कार्यक्रमको आयोजनामा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको हातबाट विभिन्न विधाका ३१ जनालाई अवार्ड तथा सम्मान वितरण गरिएको हो ।

यस वर्ष ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’ अन्तर्गत वरिष्ठ स्त्री रोग तथा प्रस्तुति विशेषज्ञ डा भोला रिजाललाई सम्मान गरेको सिजन मिडियाका प्रबन्ध निर्देशक प्रदीपराज वन्तले जानकारी दिए ।

सन् २०१९ मा दुबईमा पहिलो संस्करण सम्पन्न भएको नेसनल प्राफेसनल अचिभमेन्ट अवार्डको दोस्रो संस्करण कोभिडका कारण बाह्य मुलुकमा असहज भएकाले नेपालमै आयोजना गरिएको उनले बताए ।

कार्यक्रमबाट नेसनल प्रोफेसन अचिभमेन्ट अवार्ड स्पेसल बैंकिङ अनर अवार्डबाट सिभिल मर्चेन्टका पूर्व सिइओ तथा राष्ट्रिय वाणिज्य सहकारी संस्थाका अध्यक्ष जयन्द्रलाल श्रेष्ठलाई सम्मानित भएका छन् । वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई ‘स्पेसल अनर जर्नालिज्म अवार्ड’ प्रदान गरिएको छ । ‘मस्ट इन्स्पाइरिङ एन्ड इन्फुलियन्स वुमन अवार्ड’ बाट महिला उद्यमी भवानी राणा सम्मानित भइन् ।

नेपाली चलचित्र क्षेत्रका अभिनेता, निर्देशक, निर्माता आकाश अधिकारी ‘मल्टी डिस्पलनरी इन सिनेमा इन्डष्ट्री अवार्ड’बाट सम्मानित भए । शिक्षा क्षेत्रमा लामो समयदेखि सक्रिय साउथ वेस्टर्न स्टेट कलेजका भाइस प्रिन्सिपल हरिसिंह केसीलाई ‘एजुकेसनल लिडरसीप एन्ड म्यानेजमेन्ट अवार्ड’ प्रदान गरियो । ‘बैंकिङ सिइओ अफ दि इयर अवार्ड’बाट सनराइज बैंकका सिइओ सुमन शर्मा सम्मानित भए । वरिष्ठ पर्यटन व्यवसायी तथा पर्यटन प्रवर्धक तेजेन्द्र शर्मालाई ‘लिडिङ टुरिजम इन्टरप्रिनियर अवार्ड’ प्रदान गरियो ।

कर्पोरेट कम्पनीहरूका स्लोगन निर्माण तथा ब्रान्डिङबाट ख्याति कमाएका मेघेन्द्रप्रकाश गिरि ‘कम्युनिकेसन एन्ड ब्रान्डिङ एक्सिलेन्स अवार्ड’बाट सम्मानित भए । ‘म्यानेजमेन्ट एजुकेसनल इनोभेटर अवार्ड’बाट मीना महर्जन सम्मानित भइन् । ‘सिनियर अर्थोपेडिक स्पाइन सर्जन अवार्ड’ डा पशुपति चौधरीलाई प्रदान गरियो । पत्रकार कृष्णप्रसाद सिग्देललाई ‘डेभलपमेन्ट एन्ड इनभारोमेन्ट कम्युनिकेसन अवार्ड’ प्रदान गरियो । वरिष्ठ ब्यूटिसियन सीता न्यौपाने पाठकलाई ‘एक्स्पर्ट ब्यूटिसियन ट्रेनर अवार्ड’ प्रदान गरियो ।

‘पोटिन्सियल डेरी प्रोडक्ट्स बिजनेसम्यान अवार्ड’बाट प्रदीप अधिकारी सम्मानित भए । वरिष्ठ फोटोग्राफर कवीन्द्रमान शाक्यलाई ‘सिनियर इन्टरटेनमेन्ट फोटोग्राफर अवार्ड’ प्रदान गरियो । ‘नेसनल प्रोफेसनल अचिभमेन्ट अवार्ड इन बैंकिङ’बाट ग्लोबल आइएमई बैंककी म्यानेजर शान्ता शिवाकोटी सम्मानित भइन् । नेपाली चलचित्र क्षेत्रकी अभिनेत्री तथा निर्माता उमा गिरिलाई ‘फिमेल मुभी एक्ट्रिस अफ दि इयर अवार्ड’ प्रदान गरियो । ‘बेस्ट कस्मेटिक ड्रमाटोलोजिस्ट अवार्ड’बाट डा अनिलकुमार भट्ट सम्मानित भए ।

‘योङ आयुर्वेद रिसर्चर अवार्ड’ डा विजेन्द्र शाहलाई प्रदान गरियो । ‘कन्ट्री भेटेनेरियन अवार्ड’ डा सितलकाजी श्रेष्ठलाई प्रदान गरिएको आयोजकले जानकारी दिएको छ । ‘बेस्ट लजिस्टिक सप्लायर अवार्ड’ बिजनेसम्यान लोकबहादुर थापा ‘राजु’लाई प्रदान गरियो । ‘इन्फरमेसन एन्ड कम्युनिकेसन टेक्नोलोजी अवार्ड’बाट विष्णुबहादुर ढकाल सम्मानित भए ।

कोमलचन्द्र भगत सुदीलाई ‘इन्भारोमेन्टल फ्रेन्ड्ली जर्नालिस्ट अफ दि इयर अवार्ड’ प्रदान गरियो । विज्ञापन बजारमा स्थापित बमबहादुर ढुंगेल ‘राजु’लाई ‘डिजिटल एड्भरटाइजिङ एक्स्पर्ट अवार्ड, नारायण श्रेष्ठलाई ‘बेस्ट बिजनेस इन्टरप्रिनियर अवार्ड’ प्रदान गरियो । त्यस्तै, सुनिल शर्मालाई ‘बेस्ट फोटो जर्नालिस्ट अफ दि इयर अवार्ड’, सिर्जु अधिकारीलाई ‘भर्सटायल सिंगर फिमेल अवार्ड’, अर्जुन जिसीलाई ‘बेस्ट फिल्म इडिटर अवार्ड’ , मिडिया पर्सन तथा भिडियो डाइरेक्टर डायसपरा कुसल श्रेष्ड लण्डनलाई प्रदान गरियो ।

लिडिङ इन्टरप्रिनियर इन अटोमोबाइल इन्डस्ट्री अवार्डबाट निर्मल सिग्देल, सीतासिंह कायस्थलाई बेस्ट बिजनेस वुमन इन आइटी इन्डस्ट्री अवार्ड प्रदान गरियो । त्यस्तै, बेस्ट सिनेम्याटोग्राफर अवार्डबाट निरज कडेँल सम्मानित भए भने मिडिया एण्ड भिडियो डाइरेन्टर इन डायसपरा कुसल क्षेत्री, भर्सटायल एक्टर अवार्ड कोशिस क्षेत्रीलाई प्रदान गरियो ।

साथै उक्त अवसरमा एसनेपाली मासिक पत्रिकाको पनि विमोचन गरिएको थियो । कार्यक्रममा पूर्वमन्त्री तथा यूपिएफ एसिया प्यसिफिकका अध्यक्ष एकनाथ ढकालको पनि उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement