पालुङटारमा गठबन्धनबाट बाहिरियो जसपा, एमालेसँग गर्‍यो तालमेल

पालुङटारमा गठबन्धनबाट बाहिरियो जसपा, एमालेसँग गर्‍यो तालमेल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गोरखा – जनता समाजवादी पार्टी (जसपा)ले गोरखाको पालुङटार नगरपालिकामा नेकपा एमालेसँग चुनावी तालमेल गरेको छ । सत्ता पक्षीय पाँच दलीय गठबन्धन तोड्दै जसपाले एमालेसँग तालमेल गरेको हो ।

तालमेलअनुसार नगर प्रमुख पदमा नेकपा एमालेले जनता समाजवादी पार्टीलाई सहयोग गर्ने भएको छ भने उपप्रमुख पदमा जसपाले नेकपा एमालेको उम्मेदवारलाई सहयोग गर्ने निर्णय भएको छ । नेकपा एमाले र जसपाले मंगलबार संयुक्त रुपमा विज्ञप्ती जारी गर्दै एक आपसमा सहयोग गर्ने जानकारी दिएका छन् ।

विज्ञप्तीअनुसार वाडा नम्बर ६, ७ र १० मा नेकपा एमालेलाई सहयोग गर्ने र वडा नम्बर ४ र ५ मा जनता समाजवदीलाई सघाउने छन् । साथै, जिल्लाको अन्य पालिका र वडामा पनि एकआपसमा सहमति गरी निर्वाचनमा जाने निर्णय भएको छ ।