काठमाण्डु- नेपाल समाजवादी पार्टीले सहअध्यक्षसहित ९८ केन्द्रीय सदस्य थप गरेको छ । डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पाटीले सहअध्यक्षसहित ९८ केन्द्रीय सदस्य थप गरेको हो ।
बिहीबार भट्टराईले विज्ञप्ति जारी गर्दै केन्द्रीय समिति बैठकबाट गोविन्दप्रसाद चौधरीलाई सहअध्यक्ष मनोनीत गरिएको जानकारी दिएका छन् । भट्टराई र महिन्द्र राय यादव समाजवादीको अध्यक्ष छन् भने गंगानारायण श्रेष्ठ सहअध्यक्ष छन्। यस्तै बैठकले ९८ जनालाई केन्द्रीय समितिमा मनोनीत गरेको छ ।
यस्तै समाजवादी थारू संघको इन्चार्जमा गोविन्दप्रसाद चौधरी, समाजवादी महिला संगठनको इन्चार्जमा हिसिला यमी, शिल्पीरदलित महासंघको इन्चार्जमा दुर्गा सोव, समाजवादी विद्यार्थी युनियनको इन्चार्जमा बन्दना सुवेदी, समाजवादी युवा संघको इन्चार्जमा राजु नेपाल, बौद्धिक पेशाकर्मी महासंघको इन्चार्जमा दुर्गा भट्टराई, समाजवादी ट्रेड युनियन महासंघको इन्चार्जमा लालध्वज नेम्वाङ, समाजवादी मुस्लिम संघको इन्चार्जमा मो। इजरायल अहमदलाई जिम्मेवारी तोकिएको हो । केन्द्रीय सल्लाहकार समिति अध्यक्षमा विष्णुहरि शर्मा, विज्ञ परिषद प्रमुखमा एमपी रिजाल, निर्वाचन आयोग प्रमुखमा कृष्णप्रसाद शर्मालाई जिम्मेवारी दिइएको हो ।
केन्द्रीय कार्यालय प्रमुखमा फणिन्द्र देवकोटा, पार्टी कोष निर्माण तथा परिचालन विभागको प्रमुखमा हरि रिजाल र अन्तर्राष्ट्रिय विभाग प्रमुखमा नहेन्द्र प्रधानलाई जिम्मेवारी दिइएको छ ।
त्यसैगरी आगामी चुनावबारे घोषणा पत्र तयार गर्न भट्टराईको संयोजकत्वमा एमपी रिजाल, जनक शाह, नहेन्द्र प्रधान, दुर्गादेवी भट्टराई, गजाधर सुनार र जगदेव चौधरी रहेको सात सदस्यीय घोषणा पत्र लेखन समिति बनाएको छ । जनता समाजवादी पार्टी (जसपा) बाट अलग्गिएर डा. भट्टराईले नेपाल समाजवादी पार्टी गठन गरेका थिए ।





प्रतिक्रिया