स्वराजको ‘बमौसमी भ्रमण’ ले अविश्वास झनै बढायो : पूर्वप्रम भट्टराई


गोरखा– पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले भारतीय विदेशमन्त्री सुष्मा स्वराजको नेपाल भ्रमणले अविश्वास झनै बढाएको बताएका छन्।

सरकार बन्नु अघि भारतीय विदेशमन्त्रीको नेपाल भ्रमण हुनु कुटनीतिक हिसाबले अनुपयुक्त रहेको टिप्पणी गर्दै भट्टराईले भ्रमणले गर्दा अनावश्यक राजनीतिक अर्थ लागेको बताए।

‘बेमौसमको भ्रमणले झन् अविश्वासको वातावरण बढाउने र चलखेलको अर्थ लगाउँछ,’ शनिबार उद्योग वाणिज्य संघ गोरखाको ४४औं वार्षिक साधारणसभामा भट्टराईले भने, ‘‘नेपाल–भारतबीच राम्रो सम्बन्ध रहँदै आएको छ र सुधार गर्नुपर्ने पनि केही छ। नयाँ सरकार गठन भएपछि आउनुपर्थ्यो।’

छिमेकीहरुलाई सन्तुलनमा राखेर नयाँ सरकार गठन गर्न ढिलाइ गर्न नहुने उनको भनाइ छ।

भारतीय विदेशमन्त्री स्वराज दुई दिने नेपाल भ्रमण पुरा गरेर शुक्रबार मात्र स्वदेश फर्किसकेकी छन्।

प्रतिक्रिया दिनुहोस
Advertisement