सिभिल मल पुगेर बाबुरामले हेरे ‘छ माया छपक्कै’


काठमाडौं – पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराइले मंगलबार बेलुकी चलचित्र ‘छ माया छपक्कै’ हेरेका छन् । चलचित्र हेर्न सिभिल मल काठमाडौं पुगेका बाबुरामले नेपाली चलचित्रलाई सबैले साथ दिनुपर्ने बताएका छन् ।

चलचित्र हेरिसकेपछि उनले भने, ‘हल्काफुल्का कमेडी होला भन्ने सोचेको थिएँ । तर, यस्तो होइन रहेछ । यस्तो चलचित्रलाई सबै मिलेर साथ दिनुपर्छ ।’

चलचित्रले उठाएको बिषयवस्तुलाई पनि उनले प्रशंसा गरेका छन् । नेपाली चलचित्र बजारमा हिन्दी चलचित्रको दबदबा रहेको अवस्थामा यस्ता चलचित्रलाई प्रमोट गर्नुपर्ने उनको तर्क छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement