प्रचण्डलाई भट्टराईको प्रश्न : सबै पूर्वमाओवादीहरू किन एक ठाउँमा जम्मा हुने ?

प्रचण्डलाई भट्टराईको प्रश्न : सबै पूर्वमाओवादीहरू किन एक ठाउँमा जम्मा हुने ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु –नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले सत्ताबाट बाहिर फालिएका प्रचण्डले सुशासनको मुद्दा उठाएर आन्दोलन गर्ने धम्की दिनु कतिको उचित भनेर प्रश्न गरेका छन् ।

शुक्रवार उनले सामाजिक सञ्जालमा फेसबुमा लेखेका छन्, ‘प्रचण्ड निकट केही साथीहरूले फेरि एक पटक हामीलाई समेत जोडेर ‘पूर्व माओवादीहरू’ एक ठाउँमा आउनुपर्ने कुरा गर्न थालेको भन्दै भर्खरै सत्ताको खेलबाट बाहिर फालिएका प्रचण्डले ‘सुशाशन’को मुद्दा उठाएर आन्दोलन गर्ने धम्की दिइरहेका छन् ।’

उनले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई फेरि संसदीय सत्तारोहणका लागि पूर्व माओवादी एक हुनुपर्ने भन्दै प्रश्न गरेका छन् ।

भट्टराईले प्रश्न गर्दै भनेका छन, ‘पहिलो कुरा, सबै पूर्वमाओवादीहरू किन एक ठाउँमा जम्मा हुने? अर्को जनयुद्ध गर्न? या भोजभतेर गर्न? या फेरि एक पटक प्रचण्डलाई संसदीय सत्तारोहण गराउन? यसको वैचारिक–राजनीतिक औचित्य र आधार के हो?’

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डप्रति लक्षित गर्दै भट्टराईले भनेका छन्, ‘अब प्रचण्डको नेतृत्वमा ‘भ्रष्टाचारविरोधी’ सुशाशनकोनिम्ति’ आन्दोलन गर्नु भनेको नेपाली जनताको सहज बुद्धिको अवमूल्यन र उनीहरूमाथि ठूलो मजाक हो ।’ प्रचण्ड निकट केही साथीहरूले फेरि एक पटक हामीलाई समेत जोडेर ‘पूर्व माओवादीहरू’ एक ठाउँमा आउनुपर्ने कुरा गर्न थालेका छन्। अनि भर्खरै सत्ताको खेलबाट बाहिर फालिएका प्रचण्डले ‘सुशाशन’को मुद्दा उठाएर आन्दोलन गर्ने धम्की दिइरहेछन्।