उपरथीमा बढुवा भएका श्रेष्ठले लगाए फुली, पाए मध्यकमाण्डको जिम्मेवारी


काठमाण्डु – नेपाली सेनाको उपरथीमा बढुवा भएका बाबुराम श्रेष्ठले उपरथीको दज्र्यानी चिन्ह लगाएका छन् । सैनिक मुख्यालय भद्रकालीमा श्रेष्ठलाई बुधवार प्रधानसेनापति प्रभुराम शर्माले दज्र्यानी चिन्ह प्रदान गरेका हुन ।

सोमबार बसेको मन्त्रीपरिषदको बैठकले श्रेष्ठलाई उपरथीमा बढुवा गर्ने निर्णय गरेको हो । श्रेष्ठ २०४४ मंसिर ९ गते नेपाली सेनामा सैनिक क्याडेटका रुपमा भर्ना भएका थिए । पाकिस्तानबाट एनडीसी गरेका उनि २६ बेसिकका अधिकृत हुन ।

श्रेष्ठ २७ नम्बर बाहिनीको बाहिनीपति हुंदा भर्ना छनौटको विषयलाई लिएर पुर्वाग्रह सांधेर कार्वाही गरिएको थियो । तत्कालिन प्रधानसेनापति पूर्णचन्द्र थापाले उनीमाथी पुर्वाग्रह राखेर कार्वाही गरेपछि उनी दुई तारे हुनबाट वंचित भएका थिए । तर, हालका प्रधानसेनापति शर्मा आएलगत्तै उनको बढुवा प्रक्रिया अघि बढाएका थिए ।

उनको उपरथीमा बढुवासंगै श्रेष्ठ फेरी पनि तीन तारे जर्नेल हुने सम्भावना धेरै छ । सैनिक मुख्यालयको रेकर्ड अनुसार उनको जन्ममिती २०२४ फागुन २८ गते रहेको छ ।

श्रेष्ठलाई मध्य कमाण्ड पोखराको सेनापतिको जिम्मेवारी दिएको छ । पोखरामा उनकै ब्याचका उपरथी विनयविक्रम राणा कमाण्डर थिए । उनको सरुवा भने राष्ट्रिय सुरक्षा परिषदको सचिवालयमा भएको छ । राणा यसअघिका प्रधानसेनापति पूर्णचन्द्र थापाका पालामा सैनिक सचिव समेत बनेका थिए ।

श्रेष्ठको यसअघि बढुवा रोकिएपछि उनिभन्दा पछिका सहदेव खड्का,सन्तोष ढकाल र हिरालाल जोशीको उपरथीमा बढुवा भइसकेको छ । वरियतामा यसअघि राणा एक नम्बरमा थिए भने श्रेष्ठ दुई नम्बरमा थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement