बाबुरामको ‘ट्वीट’– उपेन्द्रलाई प्रश्न सोध्ने पत्रकार ‘असनको साँढे’ जस्तो


काठमाडौं – समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवलाई प्रश्न सोध्ने पत्रकारप्रति उक्त पार्टीका अर्का अध्यक्ष डाक्टर बाबुराम भट्टराईले असन्तृष्टि जनाएका छन् ।

सामाजिक सञ्जाल ट्विटरमार्फत ट्वीट गर्दै भट्टराईले केही मिडियाकर्मी ‘असनको साँढे’जस्तो बनेको लेखेका छन्, ‘केही मिडियाकर्मीको यस्तो अहंकारी, उदण्ड, अशिष्ट र असनको साँढे जस्तो व्यवहारले सरकारले अहिले ल्याएको मिडियाको टाउकोमा जाँतो झुण्ड्याउने विधेयकको विरोध गर्नेहरू सबैलाई अप्ठेरोमा पार्छ है ! यो अति निन्दनीय र गम्भीर छ ! एक विराउने, शाखा पिराउने भन्ने लोकोक्ति छ ! मिडिया नेतृत्वको ध्यान पुगास् !’

एभिन्यूज टेलिभिजनका लागि पत्रकार सुशील पाण्डेले आइतबार उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवसँग अन्तर्वार्ता लिएका थिए ।

अन्तर्वार्ताका क्रममा पत्रकार पाण्डेले सोधेका प्रश्नको शैली नमिलेको भन्दै मन्त्री यादव बीचमै उठेर गएका थिए । उक्त अन्तर्वार्ता अहिले सामाजिक सञ्जालमा समेत भाइरल भइरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस
Advertisement