बाबुराम भट्टराईले पहिलो पटक गरे प्रधामन्त्रीको ओलीको खुलेरै प्रशंसा


काठमाडौं – पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीको प्रंशसा गरेका छन् । सामाजिक संजाल टिवटरमार्फत भट्टराईले ओलीले पद बहालीलगत्तै गरेको निर्णयको स्वागत गरेका हुन् ।

नयां शक्तिका पार्टीका संयोजक समेत भट्टराईले स्थानीय तहमा एक प्राविधिक शिक्षालय स्थापना गर्ने प्रधानमन्त्री ओलीको नीतिगत निर्णयको खुलेरै प्रशंसा गरेका हुन । उनले ओलीलाई घोषणा गरेका योजना कार्यान्वयन गर्न समेत सुझाव दिएका छन्।

एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले पदबहाली गरेपछि मन्त्रिपरिषदको पहिलो बैठकबाटै प्रत्येक स्थानीय तहमा कमसेकम एउटा प्राविधिक शिक्षालयको स्थापना गर्ने निर्णय गरेको थिए ।

‘नवनियुक्त प्रम ओलीको पहिलो महत्वपूर्ण नीतिगत घोषणा (प्रत्येक स्थानीय तहमा कमसेकम एक प्राविधिक शिक्षालयको स्थापना) विल्कुल सही छ’, भट्टराईले ट्वीटमा भनेका छन्, ‘समृद्धिको आधार नै दक्ष जनशक्ति हो। तर, यो घोषणा मात्र नहोस्। हाम्रो विगतको अनुभव सुखद छैन। त्यो परम्परा तोड्नोस् प्रमज्यू, हार्दिक शुभकामना।’

प्रतिक्रिया दिनुहोस
Advertisement