काठमाण्डु– भोटेकोसी बाढीपछि विभिन्न जिल्लामा ५७९ जनाको शव भेटिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शुक्रबार साँझ ७ बजेसम्मको तथ्यांक सार्वजनिक गर्दै हालसम्म ५७९ जनाको शव भेटिएको र १ हजार ९२४ जना अझै सम्पर्कविहीन रहेको जनाएको हो।
प्राधिकरणका अनुसार सबैभन्दा धेरै चितवनमा २३३ जनाको शव भेटिएको छ। यस्तै, नवलपरासी पूर्वमा १५४, गोरखामा ४६, धादिङमा ४०, नुवाकोटमा ३७, तनहुँमा ३०, नवलपरासी पश्चिममा २७ र रसुवामा १२ जनाको शव भेटिएको छ।
बाढीपछि नेपाली तथा विदेशी नागरिक गरी १ हजार ९२४ जना अझै सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ। सम्पर्कविहीनमध्ये ५१७ जना विदेशी नागरिक रहेका छन्।





प्रतिक्रिया