काठमाण्डु– आज काठमाण्डुसहित देशका ३८ जिल्लामा आकस्मिक बाढीको जोखिम रहेको छ। बाढी पूर्वानुमान महाशाखाका अनुसार आज काठमाण्डु, भक्तपुर, ललितपुरसहितका ३८ जिल्लामा आकस्मिक बाढीको जोखिम रहेको हो ।
आज झापा, मोरङ, इलाम, पाँचथर, तेह्रथुम, धनकुटा, भोजपुर, ताप्लेजुंङ, संखुवासभा, सिन्धुपाल्चोक, काठमाण्डौ, भक्तपुर, ललितपुर, काभ्रपलाञ्चोक, मकवानपुर, गोरखा, लमजुङ, कास्की, तनहुँ, स्याङजा, पर्वत, बाग्लुंङमा आकस्मिक बाढीको जोखिम रहेको छ ।
यस्तै म्याग्दी, गुल्मी, अर्घाखाँची, प्युठान, रुकुम पूर्व, रुकुम पश्चिम, रोल्पा, जाजरकोट, सल्यान, दैलेख, सुर्खेत, बर्दिया, कैलाली, बझांङ, दार्चुला, बैतडी र आसपासका जिल्ला भई बहने स–साना नदीहरुको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको सम्भावना रहेको महाशाखाले जनाएको छ।
आज कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्र, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी एवं लुम्बिनी प्रदेशका पहाडी र तराई क्षेत्रका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।






प्रतिक्रिया