बाढी पहिरोले एक सातामा लियो १३ जनाको ज्यान, २६ बेपत्ता


काठमाण्डु- बाढी पहिरोमा परी एक साताको अवधिमा १३ जनाको मृत्यु भएको छ भने २६ जना बेपत्ता भएका छन् । गृहमन्त्रालयका निमित्त सचिव तथा विपद व्यवस्थापन महाशाखा प्रमुख महादेव पन्थका अनुसार वैशाख ३१ गतेदेखि जेठ ७ गते बिहानसम्म बाढी तथा पहिरोमा परी १३ जनाको मृत्यु भएको हो ।

बिहीवार बसेको राष्ट्रिय सभाको दिगो विकास तथा सुशासन समितिको बैठकमा भएको छलफलमा भाग लिँदै पन्थले सो जानकारी दिएका हुन् । सम्भावित बाढी पहिरोलाई ख्याल गरेर सरकारले पूर्व तयारी गरेको पनि उनले बताए

प्रतिक्रिया दिनुहोस
Advertisement