आज दिउँसो यी ६ प्रदेशमा भारी वर्षा हुने, ४० जिल्लामा बाढीको जोखिम

आज दिउँसो यी ६ प्रदेशमा भारी वर्षा हुने, ४० जिल्लामा बाढीको जोखिम

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– वर्षासँगै देशका विभिन्न स्थानमा बाढीको जोखिम बढेको छ। बाढी पूर्वानुमान महाशाखाका अनुसार आज काठमाण्डुसहित देशका ४० जिल्ला र यसआसपासका खोलारनदीमा आकस्मिक बाढी जोखिमको सम्भावना देखिएको छ।

आज ताप्लेजुङ, पाँचथर, तेह्रथुम, संखुवासभा, सोलुखुम्बु, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाण्डु, भक्तपुर, ललितपुर, मकवानपुर, नुवाकोट, धादिङ, रसुवा, गोरखा, चितवन, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, रुपन्देही, कपिलवस्तुमा बाढीको सम्भावना रहेको छ ।

यस्तै तनहुँ, पाल्पा, स्याङ्जा, लमजुङ, कास्की, पर्वत, म्याग्दी, वाग्लुङ, रुकुम पूर्व, रुकुम पश्चिम, जाजरकोट, जुम्ला, बझाङ, दार्चुला, बैतडी, डोटी, डडेल्धुरा, कन्चनपुर र आसपासका जिल्ला भई बहने स–साना नदीहरुको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज दिउँसो कोसी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभाग तथा लुम्बिनी प्रदेशका पहाडी र तराई भूभाग तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ भने राति कोसी, बागमती र गण्डकी प्रदेशका हिमाली, पहाडी र तराई भूभाग तथा लुम्बिनी प्रदेशका पहाडी र तराई भूभाग र मधेस प्रदेशका एक-दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ।