उपरथीमा बढुवा भएका केसी र शर्माले लगाए फुली,पाए सैनिक ईन्टेलिजेन्स र उपत्यका कमाण्ड हेडक्वाटरको जिम्मेवारी


काठमाण्डु – प्रधानसेनापति प्रभुराम शर्माले उपरथी दर्जामा पदोन्नति भएका सहायक रथी प्रदिपजंग केसी र सहायक रथी योगराज शर्मालाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।

साेमबार प्रधानसेनापति शर्माले जंगी अड्डामा आयोजित एक विशेष कार्यक्रमकाबीच उपरथी दर्जामा पदोन्नति भएका सहायक रथी प्रदिपजंग केसी र सहायक रथी योगराज शर्मालाई उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।

उपरथी दर्जामा पदोन्नती भएका उपरथी प्रदिपजंग केसी सैनिक ईन्टेलिजेन्स कोरमा नियुक्ति भएका छन् भने उपरथी योगराज शर्मा उपत्यका कमाण्ड हेडक्वाटरको कमाण्ड सेनापतिमा नियुक्ति भएका छन् ।

साथै, मन्त्री परिषद्को सोही निर्णय बमोजिम सहायक रथी दर्जामा पदोन्नति भएका सातजना मध्ये चारजना महा-सेनानीहरुलाई प्रधानसेनापति  शर्माले सोही कार्यक्रममा सहायक रथी दर्जाको दर्ज्यानी चिन्ह समेत प्रदान गरेका थिए । उक्त कार्यक्रममा नेपाली सेनाका रथीबृन्द तथा अधिकृतहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement